३ मंसिर २०८३, बिहिबार

सेनाको शमशेर दल गणभित्र गोली लागेर घाइते सिपाहीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ८ वैशाख। नेपाली सेनाको कपिलबस्तुस्थित शमशेर दल गणभित्र गोली लागि घाइते एउटी सिपाहीको मृत्यु भएको छ।

बुधबार साँझ गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन्। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम१६ राइफलले आफ्नै पेटमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।