३ मंसिर २०८३, बिहिबार

जितपुर–सिमरा उपमहानगरका वडाध्यक्ष झडपमा घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ७ वैशाख। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ का वडाध्यक्ष दुई पक्षबीचको झडपमा घाइते भएका छन्।

वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीचको समूह बाटोको विषयमा झडपमा उत्रिएको थियो। देवानसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ गरिएका छन्।

नासिर र नाजिर देवान पनि घाइते भएपछि नारायणी बयोधा अस्पतालमा उपचार गराइएको छ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी घाइते भएपछि वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।