६ कार्तिक २०८३, शुक्रबार

सत्ता गठबन्धन दलहरूबीच मिलेन भागवण्डा, तालमेल टुंग्याउन आज पनि बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार भागबण्डाका लागि आज पनि सत्तारुढ दलको बैठक बस्दैछ ।

आज बस्ने बैठकले सबै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाउने नेताहरुले दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा हिजो दिनभर बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बस्न लागेको हो ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरुले हिजो आआफ्नो दाबी राखेका छन् ।

पछिल्लो दुई सातादेखि दैनिक बैठक बस्दै आए पनि सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे भागवण्डा मिल्न सकेको छैन ।