
मोरङ, ५ बैशाख । कानेपोखरी गाउँपालिका-७ लेटाङ मोडस्थित सडकमा प्र १-०२-००३ त ८२० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय
पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया