
काठमाडौँ, ५ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ अंकले घटेको छ ।
साताको दोस्रो दिन सोमबार ४१.७७ अंकले घटेर नेप्से २३४३.८७ बिन्दुमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, कारोबार रकम पनि डेढ अरबमै सिमित भएको छ ।
विभिन्न कम्पनीका ३८ लाख बढीको कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५३ करोडको मात्रै कारोबार भएको छ ।















प्रतिक्रिया