३ मंसिर २०८३, बिहिबार

एमाले केन्द्रीय सदस्य ढुंगेलमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख। नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि स्थानीय चुनावमा टिकट बाँडफाँटको विषयमा आक्रमण भएको छ।

केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा विवाद हुँदा उनलाई कमिटी सदस्य लक्ष्मी न्यौपानेले आक्रमण गरेकी हुन्।

रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा विवाद भएको थियो।

खाँडादेवी गाउँपालिका घर भएकी न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन्।