६ कार्तिक २०८३, शुक्रबार

चुनावी घोषणापत्रबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उमेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बैठक बस्ने बताइएको छ । विशेषगरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ ।

यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिइएको थियो । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।

सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।