६ कार्तिक २०८३, शुक्रबार

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस, १९ गतेपछि आईजीपी बन्ने निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।

एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो ।

अर्याल एआइजीमा बढुवा सिफारिस भएसँगै १९ बैशाखपछि उनी सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी हुने  पक्का भएको छ । सशस्त्र आईजीपी पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।