
सिन्धुपाल्चोक, ५ वैशाख । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ ।
करिब २५–३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो । दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ ।
उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।
प्रारम्भिक अनुसन्धान गरी शव शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए । रासस















प्रतिक्रिया