५ कार्तिक २०८३, बिहिबार

गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी करिब ६ लाख भुक्तानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक ५ लाख ९३ हजार ३२० रुपैयाँ भुक्तानी गरेको छ ।

गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरसहितको टिमले वैशाख १ गते वुधबार नारायणगढ शाखामा एक कार्यक्रमबीच चेक हस्तान्तरण गरे ।

स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सर्वाधिक जीवन बीमा गरेका थिए ।

शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षति विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।