
काठमाडौं, ३ वैशाख। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चुनावी क्षेप्यास्त्र उडिसकेका कारण यसलाई सार्ने वा रोक्ने चेष्टा गरे दुर्घटना हुने बताएका छन्। शनिबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
तर सरकार नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लवलाई देखाएर चुनाव सार्ने षडयन्त्रमा लागेको छ। शुक्रबार मात्रै चन्द समूहका नेता खड्कबहादुर विश्वकर्मासहितका नेताले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर चुनावमा भाग लिने इच्छा सुनाएका थिए।
अब चुनाव रोक्न नसकिने आयोगको ठहर छ। प्रमुख आयुक्त थपलियाले भने,‘अब रोकियो भने दुर्घटना हुन्छ। यहि बर्ष प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव हुन्छ।’
आयोगले सबै चुनावका निम्ति तयारी गरिसकेको छ। स्थानीय निर्वाचनका निम्ति मतपत्र छाप्ने काम आयोगले जारी राखेको छ।











प्रतिक्रिया