
काठमाडौं, २ वैशाख। कैलालीको जानकी गाउँपालिका–९, अमरावतीका अर्जुन दासको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
घाँटी छिनालेर रुपमा झुन्ड्याइएको अवस्थामा दासको शव फेला परेको थियो। तीन महिनापछि प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा चार जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको हो।
अनुसन्धानका लागि सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई पक्राउ गरिएको हो। उनीहरू भारतमा लुकेर बसेका थिए।











प्रतिक्रिया