– सन्दिप भट्ट
चितवन, ११ वैशाख । नेपाली काग्रेंसका महामन्त्री कृष्णप्रसाद सिटौैंलाले नेकपा माओवादीका नेता प्रचण्डले आफ्नो पटक पटकको आग्रहलाई वेवास्था गर्दै सडक आन्दोलनमा होमिएको बताएका छन् ।
नेपाली काग्रेंस चितवनले १० औं लोकतन्त्र दिवसको अवसरमा शुक्रवार नारायणगढमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री सिटौंलाले संविधान निर्माणका लागी सडकमा नभई सदनमा आएर आन्दोलन गर्न चुनौती समेत दिएका छन् ।
‘मैले पटकपटक सडकमा नजानुस् भनेर प्रचण्डजीलाई भनेको थिए’ उनले भने–‘उहाँले जनताको अधिकारलाई विर्सिएर ऐतिहासिक भुल गर्दै हुनुहुन्छ ।’ आफ्नो व्यत्तिगत भेटघाटको क्रममा प्रचण्डलाई कयौं पटक आग्रह गर्दा पनि आफ्नो कुरा नसुनी सडकमा आएको बताए ।
‘हामी सबै सहन सक्छौं, जनता माथीको अपमान सहन सक्दैनौं र अरु पाटीले पनि आफ्नो स्वार्थको लागी जनतालाई दुःख दिनु हुदैन’– उनले भने । जसरी पनि यहि संविधान सभाले संविधान सभावाट संविधान ल्याउनुपर्ने वताउदै महामन्त्री सिटौंलाले निर्वाचन मार्फत जनताले दिएको जनादेशमाथी प्रचण्डले अपमान गरेको आरोप लगाए ।
दलपनि दलका लागी भन्दा जनताका अधिकार, र प्रगतीका लागी भएकोे उल्लेख गर्दै प्रजन्डले संविधानसभाको छाडेर वाटो विराएको वताए । उनले भने–‘वाहिर बसेर संविधान आउँदैन त्यसैले ऐतिहासिक भुल नगर्नुस्, जनतामा समर्पित हुनुस् ।’













प्रतिक्रिया