१४ कार्तिक २०८३, शनिबार

लेदोसहितको पहिरोले हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहान साढे १० बजे इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्थापन तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।