११ कार्तिक २०८३, बुधबार

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप ५०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।