५ कार्तिक २०८३, बिहिबार

गरिमा विकास बैंकका ग्राहकलाई ‘पोखरा बाटिका – क्लासिक होटल’मा विभिन्न छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका – क्लासिक होटल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको हो ।

सम्झौताअनुसार, यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।