३ मंसिर २०८३, बिहिबार

माओवादीको चुनाव प्रचारमा प्राधिकरण निर्देशक ‘कुलमानको प्रयोग’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत। नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयोग भएको छ।

लोडसेडिङ अन्त्य गरेको र अब विद्युत निशुल्क हुने नारासहित माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दशन शर्मासहित घिसिङको तस्बिर चुनावी प्रचार सामग्रीमा प्रकाशन गरेको छ।

पछिल्लो पटक गभर्नरलाई निलम्बन गरेको प्रकरणमा शर्मा र लोडसेडिङ अन्त्यका लागि भारतबाट महँगो बिजुली किन्ने निर्णयका कारण कुलमान पनि विवादमा तानिएका छन्।