
मोरङ, ३० चैत । मोरङको विराटनगर महानगरपालिका–१५ रानीस्थित नम्बर १ घाट ईलाकाबाट एउटा मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २६ वर्षीय आदित्य चिन्हा छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त मानव खप्पर तथा शरीरका विभिन्न हड्डी फेला पारिएको हो ।
पक्राउ परेका उनलाई बरामद हड्डीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।















प्रतिक्रिया