
काठमाडौं, ३० चैत । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच दुई वटा पार्टीले एकीकरण घोषणा गरेका हुन् । नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गर्दै पार्टी एकीरण भएको घोषणा गरेका हुन् ।
दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुबै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरी पार्टी एकीरण भएको घोषणा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।
जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन् । विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन् ।















प्रतिक्रिया