
काठमाडौँ, २९ चैत । नेपालकै सबैभन्दा छिटो ४जी मोबाइल नेटवकर्, स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि नयाँवर्षको उत्सवलाई पहिले भन्दा अझ रोमाञ्चक बनाउन “हर्षैहर्षको नयाँ वर्ष”अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु इयर डाटा’अफर रहेको छ ।
नयाँ वर्ष मानिसहरूले आफ्ना प्रियजनहरूलाई भेट्ने र आफ्नो जीवनलाई उत्सवमय बनाउने अवसर भएकाले यस नयाँ वर्षमा स्मार्ट सेलले टाढा रहेका र आफ्ना प्रियजनहरूसँग भेट्न नसके पनि सहज कुराकानी गर्न यस विशेष अफर ल्याएको हो ।
नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिनेछ जसले उनीहरूलाई आफ्ना आफन्त साथीभाइसँग जोडिन मद्दत गर्नेछ ।

प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको हो ।
यो नयाँ वर्ष ग्राहकले मात्र रु. ४५ मै ३जीबी डाटा हरेक पलको आनन्द लिइ पूर्ण रुपमा प्रयोग गर्न सक्नेछन् । आफ्ना आफन्त र साथीभाइसँग इन्टरनेटको कुनै समस्या बिना मज्जाले कुरा गर्न सक्नेछन् ।
आफ्ना प्रयोगकर्ताहरुलाई सधै बढी भन्दा बढी सुविधा उपलब्ध गराउने नेटवर्क बन्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै, स्मार्ट टेलिकमले सधैं स्मार्ट प्रयोगकर्ताहरूको दैनिक जीवनलाई सजिलो बनाउन र प्रयोगकर्ताको अनुभव बढाउन निरन्तर विभिन्न आकर्षक अफरहरू लिइ आइरहेको छ ।
















प्रतिक्रिया