५ कार्तिक २०८३, बिहिबार

भर्चुअल शाखाको रुपमा खोल्ने लक्ष्यसहित माछापुच्छ्रे बैंकको एमबीएल एम-स्मार्ट सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैँकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप, एमबीएलएम-स्मार्टको सुरुवात गरेको छ ।

यस अघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबीएलएम-स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएलएम-स्मार्टको एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रेजिष्ट्रेसन गर्न सकिने मोवाइलबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ ।

बैंकले एमबीएलएम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ एप संचालनमा ल्याएको हो ।

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनीतित तथा ग्राहकलाई पूर्ण रुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्यसहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वि च्याट पे सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्समा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो ।

बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट रेमिट एप, लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।