५ कार्तिक २०८३, बिहिबार

नबिल बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ चैत । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।

सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिला प्रसाद ओझाको समेत उपस्थिति थियो ।

कृषिअन्तर्गत तरकारी खेती तथा माछापालन एवं पशुपालन सम्बन्धी क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङअन्र्तगतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।

यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।

योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानीय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।