५ कार्तिक २०८३, बिहिबार

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । नेपाल व्यवस्थापन संघ (म्यान)द्वारा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकाप्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई आउटस्टेण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२ बाट सम्मानित गरेको छ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । श्रेष्ठले नेपाल व्यवस्थापन संघ (म्यान)लाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउनु हुने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनी महानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भइ नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड करपोरेशन (आइबीस), ले एशियाज मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ र वर्ल्ड एचआरडी कंग्रेसले एशियाज बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट समेत सम्मानित गरेको थियो ।