
काठमाडौँ, २८ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्चमावि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्णपाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधि, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७वटा गरी कुल १०३ वटाशाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया