५ कार्तिक २०८३, बिहिबार

नेप्सेमा ४४ अंकको पहिरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले घटेको छ ।

साताको दोस्रो दिन सोमबार एकै दिन ४४.५६ अंकले घट्दै नेप्से २४१९.८० अंकमा झरेको हो ।

धेरै दिनदेखि घटिरहेको नेप्से आइतबार ३५ अंकले बढेको थियो । तर सोमबार फेरि एकै दिन गिरावट भएको हो ।

आजको दिनमा अधिकांश कम्पनीहरुले गुमाएका छन् । विभिन्न कम्पनीका ५० लाख बढी शेयर कित्ता किनबेच हुँदा २ अर्ब २६ करोडको कारोबार भएको छ ।