
काठमाडौँ, २७ चैत । दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो वार्षिक अभियानः नववर्ष २०७९ – नयाँ रहर, नयाँ अफर सुरु भएको घोषणा गरेको छ ।
यो अभियान आधिकारिक रूपमा चैत २७ (एप्रिल १०) मध्यरातमा सुरु भएको छ भने यस वर्षको अभियान विगतका वर्षहरू भन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।
यस अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्मको मेगा डिल, रु. ५००० सम्मको विशेष छुट भाउचरहरू, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) रु. १५०० सम्मको छुट, खेल १ रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क शिपिंग, र बम्पर उपहारको रूपमा याडिया एस लाइक स्कुटर जित्ने मौका रहेको छ ।
दराज नववर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा रु १००० देखि रु १५०० सम्मको छुट् पाउन सक्नेछन् ।
सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, र सेन्चुरी बैंकका कार्ड धारकहरुले डेबिट कार्डमार्फत प्री–पे गरे १०% (अधिकतम रु. १०००) र क्रेडिट कार्ड मार्फत प्री–पे गरे १५% (अधिकतम रु. १५००) सम्मको छुटको मज्जा लिन पाउने छन् ।
सांग्रिला बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड धारकले प्री–पेमेन्टमा १०% (अधिकतम रु. १०००) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड धारकले डेबिट/क्रेडिट कार्ड प्री–पेमेन्टमा १०% (अधिकतम रु. १०००) छुट पाउने छन।
यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिको लागि १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् ।
दराजले आफ्ना ग्राहकहरूलाई अभियानको क्रममा सबै विशेष बैंक छुटहरूको मज्जा लिन अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्डहरू सक्रिय गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, दराज नववर्ष २०७९ अभियानमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिए ग्राहकहरुले सामसंग ग्यालेक्सी ए०३ कोर, रियलमीनार्जो ५० र वानप्लस १० प्रो ५जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् ।
यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न पर्दछ र यदि नजितिएमा पूर्ण रकम फिर्ता हुनेछ ।
अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट
नववर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ६०% सम्म छुटको मज्जा लिन सक्नेछन् । अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेशनहाउस, कन्भर्स नेपाल, रियलमी र वो रहेका छन् ।
प्लेटिनम पार्टनरहरूमा बियर्डो, सिजि डिजिटल, इभोस्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन्। र अन्तमा, गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन् ।
अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन् ।















प्रतिक्रिया