६ कार्तिक २०८३, शुक्रबार

एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार बने सर्वसम्मत उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेकपा (एमाले)बाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

हिजो शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले व्यञ्जनकारलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी परेकाले टुंगो लाग्न बाँकी छ । उपमेयरमा आस्था शाक्य ‘मञ्जली’ र सरस्वती खड्काको दाबी प्रस्तुत भएको छ ।

सर्वसम्मत उम्मेदवार चयन भएका व्यञ्जनकार गत निर्वाचनमा सोही महानगरको मेयर पदमा नेपाली काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ मतको झिनो अन्तरले पराजित भएका थिए ।

व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् ।