६ कार्तिक २०८३, शुक्रबार

द ब्रिटिस वर्ल्ड रेकर्डद्वारा डा. उपाध्यायलाई ‘सेञ्चुरी वर्ल्ड रेकर्ड होल्डर’को उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । विश्वकीर्तिमानी गीतका डा. डीआर उपाध्यायलाई द ब्रिटिस वर्ल्ड रेकर्डले ‘सेञ्चुरी वर्ल्ड रेकर्ड होल्डर’को उपाधि प्रदान गरेको छ ।

डा. उपाध्यायले केही समयअघि आफ्ना विश्व कीर्तिमानको सङ्ख्या १०८ पुराएका थिए । यसअघि गीत सङ्गीत तथा विविध विषयमा ८० विश्व रकेर्ड कायम गरेका डा. उपाध्यायले यही चैत १८ गते थप २८ विश्व कीर्तिमान सार्वजनिक गरेसँगै उनका कीर्तिमानको संख्या १०८ पुगेको थियो ।

डा. उपाध्यायलाई एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड प्रदान गर्ने संस्थाले वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित १०८ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका बाह्र उपन्यास, तीन गीति पुस्तक र ३३ गीति एल्वमका सयौ गीत भिडियो सार्वजनिक भइसकेका छन् ।