
धादिङ, २४ चैत । प्रहरीले लागूऔषध गाँजासहित पाँच जना होटेल सञ्चालकहरूलाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग छेउछाउमा रहेका चिया नास्ता पसल तथा होटेलहरूमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमनका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ बिहानी पम्पस्थित पृथ्वी राजमार्गमा पर्ने जयराम स्टाफ होटलका सञ्चालक सानी अधिकारी, गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको आयुष होटेलका सञ्चालक राज कुमार भन्ने होतराज सेढाई, सोही स्थामा रहेको हिरा होटेल एण्ड लजका सञ्चालक हिरामाया लम्साल, ठकुरी होटलका सञ्चालक बेद कुमार शाही र बेनिघाट रोराङ गाउँपालिका–३ करम खोलास्थित चिया नास्ता होटलका सञ्चालक खिलनाथ त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २५ किलो गाँजासमेत बरामद भएको बताइएको छ ।















प्रतिक्रिया