६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत नक्साल, काठमाडौँमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ ।

बालशोषण र अन्याय निर्मूल पार्दै बालअधिकार संरक्षण र संवद्र्वनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहँदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजूली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले विगत देखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।