६ कार्तिक २०८३, शुक्रबार

मनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षय कोष’ स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।

उत्कृष्ट एवम् मेहनेती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षय कोषको स्थापना गरेका हुन् । आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षय कोषको स्थापना गर्न पाउँदा खुशी लागेको सिटौलाले बताए । उक्त अक्षय कोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षय कोष’ राखिएको छ ।

मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी उक्त कोष स्थापना भएको हो । मेहनेती विद्यार्थीलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।

सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका छन् ।