
पाँचथर, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।
‘मतदाताको प्राथमिकता र मतदान गर्ने शैलीमा यस पटक परिवर्तन आउने छ । भ्रष्टाचार, बेथीति र फोस्रो नाराबाट आजित जनताले विकल्प चाहेका छन् । यसकारण विगतको मतदाता मनोविज्ञानलाई मात्र आधार मान्नु गल्ती हुने छ,’ प्रवक्ता लावतीले भने ।
राप्रपा नेता लावतीले सबै स्थानीय तहमा राप्रपाले उम्मेद्वारी दिने बताए । यसै अनुरुप देशव्यापी तयारी जारी रहेको उनको भनाइ थियो ।
मिक्लाजुङ–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लावतीले यो विचार राखेका हुन् । राप्रपा भ्रष्टाचारमुक्त प्रशासन, सामाजिक विकास, रोजागर सृजना र आय आर्जनको पक्षमा उभिने उनले बताए ।















प्रतिक्रिया