६ कार्तिक २०८३, शुक्रबार

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४६.४६ अङ्कले ओरालो लागेर दुई हजार ४५२.०६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३४ अङ्कले ओरालो लागेर ४५८.२२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबर मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज होटल तथा पर्यटन क्षेत्रको मात्रै शेयर मूल्यमा उकालो लागेको छ । होटल तथा पर्यटन १५.१२ अङ्कले उकालो लागेको छ ।

त्यस्तै, बैंकिङ १८.८, व्यापार ४४.०६, विकास बैंक ८३.९९, जलविद्युत् ६०.१५, वित्त ५३.८५, निर्जीवन बीमा ३४६.८४, उत्पादन ४३.२, अन्य ७१.९६, लघुवित्त ६८.३३, जीवन बीमा ४३२.२८, सामूहिक लगानी कोष ०.२८ र लगानी १.५३ अङ्कले ओरालो लागेको छ ।