६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, एकै दिन ४६ अंकले घटेर नेप्से २४५२ मा झर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । तरलता अभावले बजार संकटमा परिहेको बेला पूँजी बजारमा पहिरो गएको छ ।

निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन मंगलबार ४६ अंकले घटेको छ । नेप्से ४६.४६ अंकले घटेर २४५२.०७ बिन्दुमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ । विभिन्न कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोडको कारोबार भएको छ ।