
बर्दिया, २२ चैत । स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने भएको छ ।
चैत २३ गतेदेखि जिल्लाका आठ वटै पालिकाका करीब एक लाख २८ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको हो । राष्ट्रिय कार्यक्रम अन्र्तगत १५ महिना देखि १५ बर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
खोप लगाउने उमेर समूहका झण्डै ८० प्रतिशत बालबालिका विद्यालयमा रहेका कारण विद्यालयमा ३०३ वटा खोप केन्द्र राखिएको प्रमुख गिरीको भनाइ छ । प्रमुख गिरीका अनुसार विद्यालय र स्वास्थ्य केन्द्रमा खोप केन्द्र सञ्चालन गरिने छ ।
चैत २३ गतेदेखि चैत्र २८ गतेसम्म पहिलो चरणमा नै १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाई सक्ने प्रमुख गिरीले जानकारी दिए । जिल्लाका ३७८ खोप केन्द्रमा टाइफाइडविरुद्धको खोपका लागि ६४४ जना स्वास्थ्यकर्मी खटिने छन् ।
३७८ खोप केन्द्र मध्ये ३०३ वटा विद्यालयमा र ७५ वटा स्वास्थ्य केन्द्रमा रहने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक एंव सुचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग भएकोले खोप लगाउन सबैले प्रेरित गर्नु पर्ने प्रमुख गिरीले सबैमा आग्रह गरेका छन् ।
पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिएने गरेको तथ्याङ्क छ । टाइफाइडको संक्रमणका कारण अस्पतालमा भर्ना हुने विरामीहरुमध्य चौथो स्थानमा पर्छन् ।















प्रतिक्रिया