६ कार्तिक २०८३, शुक्रबार

आरओआरको पीपीए पर्खिन भन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न ऊर्जामन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २२ चैत । निजी प्रवर्द्धकले प्रतिक्षा गरिरहेको जल प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरीद विक्री सम्झौता गर्न तत्काल नपाउने देखिएको छ ।

सोमबार सम्पन्न हिमालयन हाइड्रोको जलविद्युत नीतिसम्बन्धी सत्रमा विशेष सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले यस्ता आयोजनाको पीपीए प्रतिक्षा गर्नुभन्दा जलाशय तथा अर्धजलाशय युक्त आयोजनामा लगानी केन्द्रित गर्न आग्रह गरिन् । जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोच विचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाई थियो । यसै कारण आरओआरको पीपीए गर्न सक्ने अवस्था नरहेको स्पस्ट पारेकी हुन् ।

‘मुलुकको आवश्यकता, बजारको अवस्थाजस्ता बहुआयामिक विश्लेषण गरेर मात्र सवै अगाडि बढ्ने हो,’ उनले भने, ‘अहिलेको आवश्यकता जलाशय तथा अर्धजलाशययुक्त आयोजना हो अब प्रवर्द्धकहरू त्यता आउनुस् ।’ यसका वावजुत धेरै लगानी गरिसकेका र साँच्चै नै दिनुपर्छ भन्ने अवस्थाका आरओआर आयोजना भए गाम्भिर्यता हेरेर पीपीए गर्न सकिने संकेत उनको थियो । मन्त्री भुसालले ऊर्जाको विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको खुलेर प्रसंसासमेत गरेकी थिइन् ।

कार्यक्रममा मन्त्रालयकै ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवालले निजी क्षेत्रको हित रक्षाकै लागि पनि आरओआरको पीपीए गर्नु हानिकारक हुने औँल्याए । ‘अहिले प्रवर्द्धकहरुले थोरैमात्र खर्च गर्नु भएको छ,’ उनले भने, ‘बजार नभएको समयमा पीपीए गरेर अब थप लगानी जोखीममा पनि पार्ने कुरा भएन मागअनुसारको मात्र उत्पादन गर्ने हो ।’ आवश्यकता अनुसार आयोजना विकास गर्दै जानुपर्ने उनको सुझाव थियो ।