
काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आज मंगलबार स्थानीय तहको निर्वाचनमा भाग लिने सबै दललाई छलफलका लागि बोलाएको छ ।
बिहान साढे ११ बजे सबै राजनीतिक दलका अध्यक्ष वा नेताहरूसँग छलफल गर्न लागिएको आयोगले जानकारी दिएको छ । छलफल निर्वाचन आचारसंहिताको पूर्ण पालना सम्बन्धमा केन्द्रित हुने छ ।
आयोगले निर्वाचनमा भाग लिने ७९ वटा दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।
आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।
सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरूबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।















प्रतिक्रिया