६ कार्तिक २०८३, शुक्रबार

हेफर नेपालसँगको सहकार्यमा बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धीत स्थानीय तहहरुसंगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको हो ।

उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।

ग्रामिण भुभागमा बसोबास गर्ने महानुभावहरुलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए ।

साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।