काठमाडौं, २१ चैत। चुनावी घोषणा पत्रमा विभिन्न क्षेत्रका विज्ञसँग फरक–फरक हिसाबले राय लिइरहेको नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या विज्ञसँग छलफल गरेको छ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सचिव योगेश भट्टराईलगायतका नेताले विज्ञसँग छलफल गरी आएका रायलाई घोषणापत्र तयार गरिरहेको समितिलाई बुझाउने छ।
आगामी निर्वाचनलाई लक्षित गरी तयार पारिन लागेको घोषणापत्रका लागि स्वास्थ्य र जनसंख्या विज्ञसँग छलफल गरिएको सचिव भट्टराईले जनाएका छन्।











प्रतिक्रिया