
काठमाडौं, २१ चैत । टोस्टमास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन आगामी २६ गते शनिबार ठमेलको अलफ्ट होटेलमा आयोजना गरिने भएको छ ।
उक्त दिन बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यावसायिक सङ्गठन र अन्य समुदायका करीब ४५० जना सदस्यहरू उपस्थित हुने बताइएको छ ।
यो कार्यक्रमको मुख्य आकर्षण ह्युमरस स्पीच प्रस्तुति रहेको छ । जसमा विभिन्न तीन वटा डिभिजनका प्रतिनिधिहरूले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिने छन् ।
टोस्टमास्टर्स नेपालले हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । २०१९ मा भएको साइटेशन सम्मेलनमा रेडियो नेपालका कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरूले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने छन् ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो । त्यसपश्चात् डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केही वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ ।
बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र १३०० भन्दा बढी सदस्यहरू रहेका छन् ।















प्रतिक्रिया