
काठमाडौँ, २० चैत । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किादा ३ जना बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका ८ मानेश्वाँरास्थित ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु भएको हो ।
लामा टोलका स्थानीय मिनबहादुर तामांगको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्केको थियो ।
मृत्यु हुनेमा मिनबहादुर छोराहरु १० वर्षीय इशाक, ६ वर्षीय सरगम र छिमेकीको २ वर्षीया दिव्याको जलेर निधन भएको हो ।
घटनामा घाइते मिनबहादुरलाई उपचारका लागि अस्पताल लगिएको छ ।












प्रतिक्रिया