काठमाडौं । मिडिया हाउसमा धरपकड गरिरहेका प्रहरी दियो पोष्ट डट कमको कार्यालयमा पनि पुगेको छ ।
सादा पोसाकको प्रहरी कार्यालयमा पुगेर प्रधान सम्पादक सुदिप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको हो । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको टोली काठमाडौंको अनामनगरमा पुगेको हो।
प्रहरीले उक्त समयमा कार्यालयमा रहेका कर्मचारीको मोबाइलसमेत नियन्त्रणमा लिएर हेरेको बताइएको छ ।
प्रहरी पुग्दा प्रधान सम्पादक विश्वकर्मा र बुढाथोकी भने कार्यालयमा थिएनन् ।












प्रतिक्रिया