
चितवन, २० चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने अडान रोखेको छ ।
पाँच दलीय गठबन्धन गरेर अघि बढ्ने क्रममा माओवादी केन्द्र भरतपुरको मेयरमा आफ्नो दावी रहने बताउँदै आएकोमा कांग्रेसले पनि आफूहरुले नछोड्ने अडान राखेको हो ।
आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको बताइएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा माओवादीबाट रेणु दाहाललाई कांग्रेसले समर्थन गरेको थियो ।
यसैबीच सत्तारुढ दलहरुले गठबन्धन गरेर अघि बढ्ने कुरामा कांग्रेसले भरतपुरको मेयर नछाड्ने बताएको हो ।
बैठकले यदि मेयर नपाए गठबन्धन तोड्ने चेतावनी समेत दिएको छ ।
यसो हुँदा यदि शीर्ष नेतृत्वलाई माओवादीलाई नै मेयर छोड्न दवाव गर्ने हो भने पनि असन्तुष्ट कांग्रेस सघाउने स्थिति नरहने अवस्था सृजना हुन सक्ने बताइन्छ । त्यस्तै, गठबन्धन नै हुने नहुने कुरामा समेत आशंकाहरु पैदा हुन थालिसकेका छन् ।
कतिपयले भने कम्युनिष्टहरुबीच नै तालमेल हुनुपर्नेमा समेत जोड दिन थालेका छन् ।












प्रतिक्रिया