६ कार्तिक २०८३, शुक्रबार

नोबेल अस्पतालका डाक्टर अस्पतालअगाडि नै मृत भेटिए, हत्या भएको आशङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, १९ चैत । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् ।

सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज शनिबार बिहान नोबेल अस्पतालअगाडि मृत अवस्थामा भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए ।

डाक्टरको हत्या भएको हुन सक्ने आशंका मृतकका आफन्तहरूले गरेका छन् । घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै उनीहरूले नाराबाजी समेत शुरू गरेका छन् ।