६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता, के–के पाइन्छ सुविधा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपालको सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालमा उपचार गराउँदा छूट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहकलाई छूट सुविधा उपलब्ध गराउने उद्देश्यअनुसार सो अस्पतालसँग सम्झौता गरेको छ । बिहीबार भारतको राजधानी नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । सो समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताबाट बैंकका कार्डवाहक ग्राहकहरूले उक्त अस्पतालमा उपचार गराउँदा अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने भएका छन् ।

यो सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायत मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउने छन् ।