६ कार्तिक २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा, शाखा सञ्जाल १६४ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखा कार्यालयको बिहीबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गरे । शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।

नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।