६ कार्तिक २०८३, शुक्रबार

सहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । लोकप्रिय राइड सेयरिङ एप ‘सहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणा गरेको छ ।

यो घोषणासँगै सहारा एपमा राइडरहरूको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको उनीहरू बताउँछन् ।

विजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । सहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढी कमाउने गरेको बताइन्छ ।

एप चलाउन सजिलो हुनाका साथै निःशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ ।

थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।