६ कार्तिक २०८३, शुक्रबार

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । जीवन बीमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरे । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको जनाएको छ ।

कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बीमा सेवा पुर्याउन, सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउन र बीमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।