२९ आश्विन २०८३, बिहिबार

‘नेपाल वातावरण सप्ताह’ मनाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganesh-himal-trekking-nepalकाठमाडौँ, १६ जेठ । ‘हिमाल बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका अवसरमा ‘नेपाल वातावरण सप्ताह’ मनाइने भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, एकीकृत सहरी विकास केन्द्रसहित ११ वटा सङ्घ÷संस्थाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही जेठ १७ देखि जेठ २३ गतेसम्म नेपाल वातावरण सप्ताह मनाउन लागिएको जानकारी दिइयो ।

कार्यक्रममा आयोजक संस्थाका प्रवक्ता रामरोहन पन्तले बाग्मती नदीलाई ढलमुक्त बनाई पुरानै अवस्थामा फर्काउने अभियानसँग जोडेर वातावरण सप्ताह मनाउन लागेको बताउनुभयो ।

उहाँले विश्वकै लागि वातावरण संरक्षण र दिगो विकास चुनौती बनेको भन्दै वातावरणप्रति जनचेतना र वातावरण मैत्री जीवनशैली निर्माणका लागि सप्ताहमार्फत १० हजार जनसमुदायलाई अभिमुखीकरण गराउने लक्ष्य लिइएकोसमेत जानकारी दिनुभयो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हा ।