३ मंसिर २०८३, बिहिबार

यस्तो छ प्रधानमन्त्री देउवाको नयाँ दिल्ली भ्रमण तालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।

शुक्रबार पत्नी आरजु राणा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतको टोलीसहित नयाँ दिल्ली जान लागेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फिर्ता हुनेछन्।

भ्रमणका क्रममा उनलाई भारतीय विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाले भेटवार्ता गर्नेछन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा जान लागेका देउवाले नेपाल–भारत सौहार्दता र सहयोगका विषयमा कुराकानी गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने देउवाको भेटवार्ता शनिबारलाई मिलाइएको छ।